• जेष्ठ ३१ २०८२, शुक्रबार

संघीय संसदको संयुक्त बैठक बस्दै

जेष्ठ १४ २०८०, आईतवार

काठमाडौँ । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । आज बस्ने संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुने छ ।

संघीय संसद भवन, वानेश्वरमा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।