• जेष्ठ ३१ २०८२, शुक्रबार

रेशम चौधरीको रिहाई गर्नु पर्नेमा पूर्वप्रधानमन्त्री डा.भट्टराईको जोड

जेष्ठ १३ २०८०, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड दिएका छन् ।

पूर्वसांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईबारे विवाद सतहमा आएसँगै डा.भट्टराईको यो धारणा सार्वजनिक भएको हो ।

उनले नागरिकता विधेयक पनि प्रमाणिकरण हुनुपर्नेमा जोड दिएका छन् । ‘रेशम चौधरीलगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान र कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसद्बाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौँ,’ डा.भट्टराईले भनेका छन्, ‘लोकतन्त्र भनेको प्रक्रियासँग–सँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौँ ।’