काठमाडौँ । पशुपतिको जलहरी प्रकरणले प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ।
माओवादीका सांसद लेखनाथ (राजन) दाहालले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पशुपतिमा केपी ओली प्रधानमन्त्री हुँदा सुन भनेर पित्तलको जलहरी राखेकोको बताएका थिए। त्यसको प्रतिक्रियामा शुक्रबार एमालेले संसद बैठक अवरोध गरेको छ।
पहिलो बैठक अवरोध गरेपछि २० मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे पनि अझै सुरु भएको छैन।
१२ बजे २० मिनेटका भनेर रोकिएको बैठक दिउँसो ४ बजेका लागि सूचना टाँस गरेर राखिए पनि बस्न सकेन। फेरि साँझ ६ बजेका लागि बैठक आह्वान गरएको संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।
प्रतिनिधिसभा नियमावलीअनुसार तोकिएको समयभन्दा २ घण्टापछि सम्म बैठक बस्न नसकेमा अर्को सूचना गर्नुपर्ने व्यवस्था छ।