• जेष्ठ ३२ २०८२, शनिबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि १४० मुद्दा, देश बाहिर जान रोक

जेष्ठ १२ २०८०, शुक्रबार

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित उनकी पत्नीसमेतलाई देश बाहिर जान रोक लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीसहित पीटीआइका ८० जना नेताहरुलाई देश बाहिर जान रोक लगाइएको हो ।

पाकिस्तान सरकारले खानसहित ६०० जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो । खानमाथि आतंकवाद ऐन अन्तर्गत १४० वटा मुद्दा लगाइएको छ ।