• असार १ २०८२, आईतवार

बिनु यादवले तोडिन आमरण अनसन

जेष्ठ ११ २०८०, बिहीबार

काठमाडौं। जबरजस्ती करणीमा पीडित बिनु यादवले आफ्नो आमरण अनसन तोडेकी छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थल माइतीघर मण्डलामा पुगेर बिनुको आमरण अनसनको १५ औं दिनमा जुस खुवाइ आमरण अनशन तोड्न लगाएका हुन् ।

अनसन स्थगित गराउने क्रममा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बिनुले राखेको ५ बुदे मागलाइ सहमति कार्यान्वयनको दृढता समेत व्यक्त गरेका छन् ।

बलात्कार गर्ने आफ्नै श्रीमान प्रदीप कठायत, पटक पटक बलत्कारको प्रयास गर्ने जेठाजु पवन कठायत र आफू बलात्कार भएको कालिमाटी प्रहरी बृतमा दिएको उजुरी डर त्रास देखाउदै फिर्ता गर्न लगाउने प्रहरी नायब उपरीक्षक सुरज कार्की माथी कारवाहिको माग गर्दै बिनु बिगत १५ दिन देखि माइतिघर मण्डलामा आमरण अनसन बस्दै आएकी थिइन् ।

बिनुको अनसन तोड्ने क्रममा गृहमन्त्रालयका प्रबक्ता जितेन्द्र बस्नेत, उपसचिव उमाकान्त अधिकारी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देबि पाण्डे खत्री सङ्ग लामो वार्ता भएको थियो ।

वार्तामा बसेका सरकार पक्षका अधिकारिहरुबाट आफ्नो माग पूरा गर्ने प्रतिबद्धता जनाए पछि सम्झौता पत्रमा हस्ताक्षर गर्दै बुधबार बेलुका आफ्नो अनसन तोडेकी हुन् ।

आफू आफ्नै श्रीमानको परिवारबाट घरेलु तथा महिला हिंसामा परेको भन्दै आफुलाइ न्यायको माग गर्दै प्रहरी प्रशासन देखि अदालतको ढोका चाहर्दा चाहर्दा थाकेकी बिनु यादबले अन्तिम बिकल्प को रुपमाआमरण अनसन बस्न बाध्य भएकी हुन् ।

हरेक पिडितले राज्यबाट न्यायको लागि सडक आन्दोलन र आमरण अनसनमा बस्न पर्ने बाध्यताको अन्त्य हुन जरुरी छ ।