१. बिहान उठेर चिन्तन गर्ने, स्मरण गर्ने । वज्रसत्त्वको मन्त्र जप गर्ने। (ओंम वज्रसत्व समय…….
२. आफु सुत्ने ओछ्यान, कोठा घर अनि चीसाम (पुजाकोठा) सफा गर्ने।
३. हात मुख धुने, सम्भव भए नुहाउने ।
४. तिङ सजाउने, पानी चढाउने (सात वटा तिङ मा सफा पानी भर्ने) ।
५. पानी चढाइ सके पछि साङ (धुप) जलाउने र मारमेन(बत्ती)
बाल्ने।
६. पानी चढाउने बेलामा र बत्ती बाल्ने बेलामा त्रीरत्न, (लामा, हिदाम र खान्डो) (बुद्ध, धम्म र संघ) स्मरण गर्ने।
७. पानी चढाएर जप गर्ने मन्त्र, नम सर्व तथगताय सपरिवार वज्र अर्घम, पाद्म, पुष्पे, धुपे , आलोके , गन्धे, नेवधे, शव्द पुजा मेघ समुन्द्र स्फरण समय आ हुँ। उक्त मन्त्रलाई एक पटक, वा धेरै पटक पाठ गरेर मेण्डल, चामल, र पुष्प (फुल) चढाउने।
८. तेसपछी फेरि मन्त्र पाठ गर्दै, श्रद्धा र भक्तिपुर्वक चढाइ सके पछि बुम्बा (कलश)को पवित्र ठुई (पानी) ले छर्किनुपर्छ। पानी छर्किदा दायाँ तर्फ बाट धुमाएर ओंम आ हुँ भन्दै तिन पटक बिस्तारै छर्किनु पर्छ।
९. त्येस पछि त्रीरत्न लाई कम्तिमा तिन पटक ढोग गर्ने सम्भव भए जति सकिन्छ तेति धेरै पटक वा सयु चोटी ढोग गर्ने।
१०. ढोग गर्दा कण्ठ गरि भन्नु पर्ने मन्त्र।
कोन्छोग सुमला छ्याछ्यालो
नमो मन्जुश्रीये
नमो सुश्री ये
नमो उत्तम श्री ये स्वाहा ।। ( कम्तिमा तिनपटक ) ढोग गर्ने।
ढोग गर्दा हातको मुद्रा (नमस्कार मुद्रा) १,२,३ क्रमशः
१) नमस्कार हात जोडि आफ्नो शिर भन्दा माथी लाने यस्को सामन्य अर्थ काया(सरिर) जनाउछ र सरिरद्वारा गरिएको पापहरु शुद्ध भएर जाओस् भनी भावना गर्ने। भित्री अर्थ बुद्ध नमन गरेको हो र गम्भीर अर्थ धर्मकाय बुद्ध लाई नमन गरेको हो ।
२) उहि नमस्कार गरेको हात आफ्नो मुख सिदा गर्ने, यस्को साधारण अर्थ वाक(वचन) हो र वचन द्वारा गरिएको पाप हरु शुद्ध भएर जाओस् भनी भावना गर्ने। भित्री अर्थ धर्म नमन गरेको र गम्भीर अर्थ सम्भोककाया बुद्ध लाई नमन गरेको हो।
३) उहि नमस्कार गरेको हात सिदा छतिमा राख्ने। यस्को साधारण अर्थ चित्त(मन) हो र मन द्वारा गरिएको सम्पुर्ण पाप हरु शुद्ध भएर जाओस् भनी भावना गर्ने। भित्री अर्थ संघलाई नमन गरेको हो र गम्भीर अर्थ निर्माणाकाया बुद्ध लाई नमन गरेको हो।)
११. यि पुजा चढाइ सके पछि परिणामना ङोवा गर्ने।
ङोवा गर्दा सम्पुर्ण करोडौं बुद्ध र बोद्धिसत्त्व स्वयं यहा आइ आशीर्वाद दिनु भएको भावना गर्ने र यस्तो संक्ल्प गर्ने।
मैले आज यो पुजा चढाएको पुन्य र आज सम्म जे जति जानी नजानी सञ्चय गरेको पुन्यको बलले म लगायत सम्पुर्ण प्राणीहरुको पाप सोधन भैइ दुख र दुखको कारण बाट छुटकारा होस र म लागयत सम्पुर्ण प्राणीहरु बुद्धको शुद्ध भुमी देवाचेन सिङ्खाम जन्म लिइ जन्म मरणको दुख बाट सिघ्र छुटकारा मिलोस भन्दै शुद्व भावनाले कामना गर्ने ।