• असार १ २०८२, आईतवार

नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकाविरुद्ध प्रहरीले बुझायो ४३ सवुत प्रमाण

जेष्ठ १० २०८०, बुधबार

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा सवुत प्रमाण बुझाइएको छ । जसमा जाहेरवालाले जाहेरी दरखास्त साथ पेश गरेको पेन ड्राइभमा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरु संलग्न रहेको छ ।

यस्तै वारदात मिति र समयको भिडियो तथा फोटो सिडीमा राखि मिसिलमा संलग्न गरिएको छ । यस्तै प्रतिवादीहरुको खातामा रकम जम्मा भएको भौचरको प्रतिलिपी, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएका परीक्षण प्रतिवेदन लगायत सबुत प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरुविरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै मागदावी लिएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जसमा ३० जनालाई प्रतिवादी बनाइएको छ ।