• मंसिर १४ २०८१, शुक्रबार

 आजका मन्त्रिपरिषदका निणर्य, अमेरिकी र जापानी ऋण स्वीकार्नेदेखि शिक्षा दिवस मनाउनेसम्म

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । सरकारले जापानले दिने ४१ करोड बराबरको अनुदान सहायता स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको मुख्य निणर्यहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि यो अनुदान साहयता लिइएको जानकारी दिइन् ।

यस्तै, बैठकले अर्थमन्त्रीको प्रस्तावमा भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गरेको छ । यसले भन्सारसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि बाटो खुलेको उनले बताइन् ।

मन्त्री शर्माका अनुसार विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि १९.७० मिलियन अमेरिकी डलर सहायत स्वीकृति गर्ने निणर्य बैठकले गरेको छ । यस्तै, विद्यायलय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निणर्य भएको छ ।

बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निणर्य भएको समेत उनले जानकारी दिइन् ।