• असार १ २०८२, आईतवार

सरकारले अब अकुत सम्पत्ति पनि छानबिन गर्छः प्रधानमन्त्री दाहाल

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अब सुशासनको पक्षमा कठोर भएर प्रस्तुत हुने बताएका छन्।

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिँदै उनले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर हुने बताएका हुन्।

‘सरकार सुशासनको पक्षमा दृढतापूर्वक अगाडि बढेको छ। सरकारले छानबिन गरेको एउटा विषयमा मात्रै हो कि भन्ने धेरैलाई परेको छ,’ उनले भने, ‘सरकार सबैखाले विकृति विसंगतिविरुद्ध कठोर हुन्छ। सरकारले अब अकुत सम्पत्ति पनि छानबिन गर्छ।’