काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। सरकारले मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीबाट दुई मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएको हो ।
सरकारले वन तथा वाताबरण मन्त्रालयको जिम्मेवारी जसपाका वीरेन्द्रप्रसाद महतोलाइ दिएको छ। त्यस्तै, राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेको छ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेको जानकारी दिएको हो।