• असार १ २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्डले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु हुने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि रहेको छ । हाल प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरुले सरकारले हालै ल्याएको निती तथा कार्यक्रमको आलोचना गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो ।