• असार २ २०८२, सोमबार

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाविरुद्ध साढे २० वर्षको कैद सजाय माग

जेष्ठ ८ २०८०, सोमबार

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय अदालतमा मागदावी हुनेगरी मुद्दा दायर हुनुपर्ने राय दिइएको हो ।