• असार २ २०८२, सोमबार

बझाङको हिउँ पहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

जेष्ठ ८ २०८०, सोमबार

काठमाडौँ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८ का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।

आज बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।

यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।