• असार २ २०८२, सोमबार

ओली भन्छन्- भ्रष्टाचार जुनसुकै कालको होस् छानबिन हुनुपर्छ

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार जुनसुकै कालको भएपनि छानबिन हुनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमा यो वा त्यो, जोसुकै संलग्न भएको भए पनि कारबाही गर्नुपर्ने बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभइ अन्य भ्रष्टाचारका विषयमा सयौं वर्षपछि पनि छानबिन हुनसक्ने बताए। उनले भ्रष्टाचार केही समयपछि सार्न सकिने वा पन्छाउन सकिने, तर लुकाउन नसकिने दावी गरे।

उनले भ्रष्टाचारको कुरा जनताले नछोड्ने भन्दै यसमा अनुसन्धान र कारबाही हुनुपर्ने बताए। उनले भ्रष्टाचारको विषयमा आफू स्पष्ट रहेको भन्दै यसमा संलग्न जो सुकैलाई पनि कारवाही गर्नुपर्ने उनले बताए।