• असार २ २०८२, सोमबार

पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : पर्यटनमन्त्री किराती

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक समृद्धिका निम्ति नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्।

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उनले विदेशी ब्रान्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठुला होटेल तथा रेस्टुरेन्टमा भित्र्याउनुपर्ने बताए।

उनले भने, ‘हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ। विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ। ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन। नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ। सपनाले मानिसलाई डोर्‍याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ । नेपाली मौलिक भान्सा घरमा तपाईँहरूले त्यही बाटो डोर्‍याउनुभएको रहेछ।’