• असार २ २०८२, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै,नीति तथा कार्यक्रममाथि छलफल गरिने

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरू तोकिएको सचिवालयले जनाएको छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनेछन् ।