• असार २ २०८२, सोमबार

मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कुटिए ट्राफिक प्रहरी

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौँ । बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्। शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्।

आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए। बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे तीन बजे परस्पुर पुगेका थिए।

पाँच बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकल हुइँकिँदै आएको बस्नेतलाई बताए ।

कारबाहीमा पर्ने डरले भागेका शेख मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि केही पर पुगेपछि सडकमै पल्टिएर घाइते भए। दुर्घटना भएको देखेपछि बस्नेतसहितको टोली उद्धारका लागि मेराज लडेको स्थानमा पुगेका थिए।

मोटरसाइकलसहित लडेका मेराजलाई उठाउन लागेको बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए।

प्रहरी सहायक निरीक्षक बस्नेतसँगै गएका प्रहरी जवान मानबहादुर ठगुन्नाले आक्रोशित स्थानीयलाई सम्झाउने प्रयत्न गरेको तर युवाहरूले हँसिया र बाँसका भाटाले आफूहरूमाथि प्रहार गर्न थालेको बताए।