• मंसिर १५ २०८१, शनिबार

मेयर बालेनले गरे उद्यमी बन्न निवेदन दिन आव्हान

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आव्हान गरेका छन् । काठमाडौँ महानगरपालिकाको वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन ।

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौं महानगरपालिकाको वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन् ।

‘तपाईंसँग आइडिया छ, तपाईं महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाईं विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् ।

‘कसरी त्यसको द्यगकष्लभकक एबिल बनाउने क्ष्mउझिभलतबतष्यल एबिल बनाउने, कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूणर् सहयोग गर्छ,’ उनको अपिलमा भनिएको छ,’ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईंलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाईंको साथमा छ । उनका अनुसार २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।