काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन भोलि (आइतबार) बुझाउने भएको छ ।
उक्त प्रशरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधसहित चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा हिजो नै प्रतिवेदन बुझाउने भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान नसकिएपछि प्रहरीले भोलि मात्रै प्रतिवेदन पेस गर्न लागेको हो ।
अस्ति बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान सकिन बाँकी छ । यसअघि पक्राउ परेका अरुको बयान यसअघि नै सकिसकेको छ ।