• असार २ २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डले पड्काए पेस्तोल !

जेष्ठ ६ २०८०, शनिबार

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले आज (शनिबार) ११औँ ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गरेको छ ।

काठमाडौं थापाथलीमा कान्तिपुर मिडिया ग्रुप परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस्तोल पड्काएर म्याराथनको उद्घाटन गरेका छन् ।

प्रचण्डले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए ।

उनले भने, “अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।”