• असार २ २०८२, सोमबार

काठमाडौं उपत्यकासहित नदी किनारका भूमिहीनलाई स्थानान्तरण गरिने

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित नदी किनारका भूमिहीनलाई स्थानान्तरण गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खाली गराउने घोषणा गरेको छ ।

यस्तै उपत्यकालगायत मुलुकका ठुला शहरको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि नीतिगत र संस्थागत व्यवस्था गर्ने घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गरेको छ ।

स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन र बहुउद्देश्यीय उपयोगलाई आवश्यक प्राविधिक सहयोग गर्ने घोषणा पनि सरकारले गरेको छ ।