काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ ।
शुक्रबार बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निणर्य गरेको हो । यही जेठ २५ र २६ मा काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो ।
आजको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तार भएका र कानुनको दायरामा ल्याउन बाँकी अभियुक्तहरूलाई छानबिन गरि दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।