• असार २ २०८२, सोमबार

द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिने

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ । सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्‍गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति¸ आर्थिक सहायता उपलब्ध गराइनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता साथ अघि बढाइने समेत नीति तथा कार्यक्रममा योजना समेटेको हो ।

मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गरिने सरकारले जनाएको छ ।