• असार २ २०८२, सोमबार

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै वितरण गर्ने घोषणा

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र वितरणलाई अभियानको रूपमा सञ्‍चालन गरी स्थानीय तहबाटै वितरणको व्यवस्था मिलाइने बताएको छ।

संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख भएको छ।

साथै एक वर्षभित्र सबै नेपालीलाई राष्‍ट्रिय परिचयपत्र वितरण गर्ने अभियान सञ्‍चालन गरिने बताइएको छ। नागरिकको व्यक्तिगत जैविक विवरण एक पटक मात्र लिने र त्यस्तो विवरणलाई राष्‍ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा बताइएको छ।