• मंसिर १५ २०८१, शनिबार

गोरखकाली रबर लगायत बन्द रहेका ३ उद्योग पुनः संञ्चालनमा ल्याइने

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । ती उद्योगहरु लामो समयदेखि बन्द रहेका छन् ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योगहरू सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो ।

‘पुनः सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याइने छ’, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यक्रम वाचन गर्दै घोषणा गरेका छन्, ‘निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्राम सञ्चालन गरिनेछ ।’