• असार २ २०८२, सोमबार

युक्रेनी भूमी छोड्न रुसी सेनामाथि जी-७ को बैठकले बढायो दबाब

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौं । जापानमा आज शुक्रबारदेखि जारी जी-७ बैठकमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका राष्ट्र प्रमुखहरूले रुसी सेना युक्रेनी भूमिबाट बाहिर निस्कनुपर्ने माग गरेका छन् ।

आइतबारसम्म चल्ने यस बैठकमा युरोपेली युनियनका दुई प्रतिनिधि र जी-७ बाहिरका राष्ट्रहरू अस्ट्रेलिया, भारत, ब्राजिल, कोमोरोस, कुक आइल्यान्ड, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका राष्ट्र प्रमुखहरू पनि समावेश हुनेछन् ।

शुक्रबार बैठक सुरु भएकै दिन जी-७ राष्ट्रहरूले भनेका छन्, ‘तुरुन्तै, पूणर्रूपमा र बिनासर्त युक्रेनको सम्पूणर् अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना र सैन्य उपकरण फिर्ता गर्नुपर्छ ।’

रूसी सेना र सैन्य उपकरणहरू युक्रेनबाहिर नगएसम्म न्यायपूणर् शान्ति प्राप्त गर्न नसकिने र विश्वमा शान्ति कायम गर्न रुसले बिनासर्त जी-७ राष्ट्रहरूको कुरा सुन्नुपर्ने बताइएको छ । युक्रेनविरुद्धको रुसको अवैधानिक र अनुचित आक्रामकताविरुद्ध आफूहरू एक भएर उभिने र युक्रेनलाई समर्थन गर्न जारी राख्ने पनि उनीहरूले बताएका छन् ।