काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसेको हो।
आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।