काठमाडौँ । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् ।राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका उनका प्रेस सल्लाहकार किरण पोखरलेलले बताएका छन् ।
सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ ।
गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको पोखरेलले बताए ।