• असार ३ २०८२, मंगलवार

ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मौवाखोल गाउँपालिका काटे दोभानबाट बालुवा लिएर साँघुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालक फक्ताङलुङ–३ का सन्दिप तामाङको मृत्यु भएको हो ।

सडकबाट खसेको ट्याक्टरले किच्दा अन्दाजी १९ वर्षीय तामाङको घटनास्थलमै मृत्यु भएको मैवाखोला गाउँपालिका–१ का वडाअध्यक्ष चन्द्र तामाङले बताए ।ट्याक्टरका चालक कुसल लिम्बू भने फरार रहेका छन् ।