काठमाडौं । दाङको देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । शुक्रबार बिहान लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस ठोक्किदा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको मृत्यु भएको र हो । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले दिएको जानकारी अनुसार दुर्घटना बिहान करिब पौने ७ बजेको समयमा भएको हो ।
डिएसपी गौतमका अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमही लगिएको छ ।