काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विदेश अध्ययन गर्ने जाने नाममा नौ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् ।
संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा ६७ अर्ब १९ करोड बाहिरिएको बताएका हुन् ।
सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्न जाने नाममा ठुलो रकम बाहिरिएको बताए । देशमै गुणस्तरीय शिक्षा दिन लागि परेको समेत प्रचण्डले बताए ।