• बैशाख ९ २०८२, मंगलवार

९ महिनामा ९०३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रियो

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा रु ९०३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको छ।

बिहीबार प्रतिनिधि सभामा जारी प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदा सो तथ्यांक प्रस्तुत गरेका हुन्।

सांसद् ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा २४.३२ प्रतिशत वृद्धि भएको बताए।