काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएपछि मियाँ सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्रीराम बहादुर थापा (बादल)ले २०७७ माघ ७ मा नियुक्त गरेका थिए ।