• असार ३ २०८२, मंगलवार

नक्क्ली शरणार्थी प्रकरणमा पूर्व सभासद शेर्पासँग आज पनि बयान लिइने

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ ।बुधबार बयान नसकिएकाले बिहीबार पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको हो । शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नबोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ ।

बिहिबार शेर्पाको पनि बयान सकिएपछि छानविन प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । अभियुक्तहरुविरुद्ध कम्तिमा ५ मुद्दा आकर्षित हुनेछ । प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कसुर र भ्रष्टाचार कसुरमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो सयम जिल्ला सरकारी वलिकको कार्यालयबाटै राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन निर्देशन आएको स्रोतले बताएको छ ।