• असार ३ २०८२, मंगलवार

शरणार्थी प्रकरणमा मुछिएमा रायमाझी र खाँणसहित १४ जना थप ३ दिन हिरासतमै बस्नुपर्ने

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

बुधबार पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरले बताएको छ ।