काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएस“गै विभागले यातायातको भाडादर घटाएको हो ।
विभागले यात्रुवाहक सवारी साधनको भाडा ३ दशमलव २० प्रतिशतले घटाइएको छ ।
तर, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४ दशमलब १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४ दशमलब ६५ प्रतिशतले भाडा घटेको छ ।