• असार ३ २०८२, मंगलवार

चोलेन्द्रको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज सुनवाइ हुँदै

जेष्ठ ३ २०८०, बुधबार

काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सम्बन्धी रिटको सुनवाइ आज संवैधानिक इजलासमा हुँदैछ ।

सङ्घीय संसद्को महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजलासमा सुनवाइ हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।