• असार ३ २०८२, मंगलवार

शीर्ष नेतालाई लक्षित् गर्दै भीम रावलले भने- संलग्नलाई जोगाउन षडयन्त्र भइरहेछ

जेष्ठ २ २०८०, मंगलवार

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेकोप्रति आपत्ति जनाएका छन्।

शरणार्थी प्रकरणले राजनीतिक वृत्त तरङ्गित भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बाक्लिँदो भेटलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ। राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ। इतिहासले माफी दिने छैन।’

राजनीतिक वा प्रशासनिक तहको व्यक्ति संलग्न भए देश र जनताप्रति गद्दारी हुनुका साथै संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुने भएकाले इतिहासले माफी नगर्ने उल्लेख गरेका छन्।