काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडी उनको टाउकोमा चोट लागेको प्रहरी स्रोतले जनाएको हो ।
प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर उपचार गरेको छ । शेर्पाको टाउकोमा नौ टाँका लगाइएको छ ।
हाल उनको अवस्थामा सामान्य रहेको र उपचारपछि जिल्ला प्रहरी प्रहरी परिसर टेकुमै ल्याइएको जानकारी एसपी सीताराम रिजालले दिए ।