• असार ३ २०८२, मंगलवार

आज पुनः बालकृष्ण खाँणको बयान लिइने

जेष्ठ २ २०८०, मंगलवार

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज पुनः बयान लिइने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बिहीबार पक्राउ परेका खाँणलाई हिजो (सोमबार)बाट विषय केन्द्रित भएर बयान लिन सुरु गरिएको हो ।

सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा  मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुपैयाँ दिएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।