काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
उनले भर्खरै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको रानीपोखरीका एआईजी श्यामलाल ज्ञावलीले जानकारी दिए।
भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।