• असार ३ २०८२, मंगलवार

नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण खुलाउन एमालेको माग

जेष्ठ १ २०८०, सोमबार

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ गर्नुको कारण खुलाउन बताए।

सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरेका छन ।

भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन ।