• मंसिर १५ २०८१, शनिबार

आजदेखि विदेशबाट २ वटासम्म मोबाइल ल्याउन पाउने

जेष्ठ १ २०८०, सोमबार

काठमाडौँ । आजदेखि विदेशबाट नेपाल आउँदा दुई वटासम्म मोबाइल ल्याउन पाइने भएको छ ।

दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)आज जेठ १ गतेबाट लागू गरे पछि वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका हुन्।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइल ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सूचनामा भनिएको छ । तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागको भनाई छ ।

निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन्।

यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किदा नागरिकता वा राहदानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।