• असार ३ २०८२, मंगलवार

एउटै मञ्चबाट प्रचण्ड, माधव, बाबुराम र विप्लवले विशेष सम्बोधन गर्दै

जेष्ठ १ २०८०, सोमबार

काठमाडौँ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच विद्यार्थी सङ्गठनले विशेष कार्यक्रम गर्ने भएका छन्।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौँ, नेसपानिकट समाजवादी विद्यार्थी युनियन र नेकपानिकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन्।

जेठ १ गते राष्ट्रिय नाच घरमा हुने ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुने बताए।