• असार ३ २०८२, मंगलवार

काठमाडौंसहित देशका केही ठाउँमा वर्षा

बैशाख ३१ २०८०, आईतवार

काठमाडौं । आइतबार मध्याह्नदेखि काठमाडौंसहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हल्का वर्षा भइरहेको हो।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ। पश्चिमी वायुको प्रभावले काठमाडौंमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम विभागको भनाई छ ।