• असार ३ २०८२, मंगलवार

भ्रष्टाचारी विरुद्ध मेयर बालेनले मुख खोले- ‘को नेता हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस्’

बैशाख ३१ २०८०, आईतवार

काठमाडौं । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख खोलेका छन् ।

उनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन् ।

‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

उनले फेसबुकमा लेखेका छन्,

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस् ।

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउँदिन म चाहिँ ।

तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।