प्रायः सलादको रुपमा प्रयोग गरिने काँक्रो बजारमा वर्षैभरि पाइन्छ । गर्मीमा धेरैजसो मनीसले काँक्रोको सेवन गर्दछन् । काँक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौन्दर्यता प्रदान गर्न मद्धत गर्छ ।
खानामा सलादको रुपमाा प्रयोग हुँदै आएको काक्रो खानु मानव स्वास्थ्यका लागि एकदमै फाइदा जनक छ । काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ।
कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ ।
मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।
फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनैपनि बेला आँखा पोले भने काँक्रोको प्रयोग गर्न सकिन्छ ।
दुखाई कम गर्छ ‘जर्नल अफ योङ फार्मासिष्ट’मा प्रकाशित एक अनुशन्धान रिर्पोट अनुसार काँक्रोलाई परम्परागत रुपमा टाउको दुखाई क मगर्ने औषधिको रुपमा प्रयोग गरिन्थ्यो । यस्तै कांक्रो बिजले शरीरलाई चिस्याउने र कांक्रो सेवनबाट मुत्रजन्य समस्या हट्ने सो रिर्पोटमा उल्लेख छ ।