• असार ४ २०८२, बुधबार

संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न सकिन्न: अध्यक्ष ओली

बैशाख ३० २०८०, शनिबार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन्।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका हुन्।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पार्टी प्रचार–प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका उनुसार बाहिर संघियताको विषयमा चलेको हल्ला व्यर्थ रहेको अध्यक्ष ओलीले बताए ।