सिन्धुपाल्चोक । काठमाडौंमा जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण बन्द गरिने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने भएको हो ।
सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले जानकारी दिए । मर्मतसम्भार पछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरू गरिने उनले जानकारी दिए ।