• असार ४ २०८२, बुधबार

खाँणसंग शरणार्थी प्रकरणमा पक्राउ पर्नुको कारण र संलग्नताबारे आजदेखि बयान लिन सुरु गरिने

बैशाख २८ २०८०, बिहीबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग  आजदेखि बयान लिन सुरु गर्ने भएको छ।

खाँण पक्राउको विषयमा केन्द्रित भएर आजदेखि सरकारी वकिलको कार्यालयले बयान लिन सुरु गर्ने तयारी भएको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ। स्रोत भन्छ, ‘शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिनेछ ।’

आजबाट पक्राउ पर्नुको कारण र घटनामा उनको संलग्नता के कस्तो हो ? भन्ने विषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने ।

बुधवार बिहान पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले चार दिनको समय दिएको छ ।